गोरखा, ३१ बैशाख २०७८ । भिमसेन थापा गाउँपालिका वडा न ४ धावा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सिमपानी न्यूज डट कमका अध्यक्ष एवम् संचारकर्मी बिमल भट्टको संयोजनमा संकलित स्वास्थ्य सामाग्री नेपाली कांग्रेस धावा काठमाण्डौं सम्पर्क समितिको समन्वयमा , वडा अध्यक्ष मदन शाक्य, धावा स्वास्थ्य प्रमुख गुणराज लामिछाने, कांग्रेस नेता तारा पुरासैनी, सम्पर्क समिति अध्यक्ष नवराज लामिछाने , शेर बहादुर लामिछाने , दीपेन्द्र तामाङ , यदुकुमार भट्ट, रश्मिता बन्जारा, बेगन सिंखडा, नबराज सिंखडा लगाएतको उपस्थितमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा देश तथा बिदेशमा रहनु भएका सहयोगी मनबाट संकलित १ लाख ७० हजार आर्थिक सहयोग संकलन गरी आवश्यक स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
आजको जटिल परिस्थितिलाई मद्यनजर गर्दै यस अभियानलाई सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै सहयोग अभियान जारी रहेको र अरु आवश्यक सामाग्री दोस्रो चरममा प्रकोपको अवस्था हेरेर थप सहयोग गर्ने संयोजक भट्टले जानकारी दिनु भयो।












































