काठमाडौ, बिहिबार, ३० बैशाख २०७८ । उद्योगी रामेश्वर थापा निवासमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सम्पन्न भएको छ ।
दिउँसो २ बजेबाट शुरुभएको वार्ता चारघण्टा चलेर ६ बजे सकिएको हो । नेता नेपाल पक्षका नेताहरुले साँझ ४ बजेसम्मको सहमतिको समय दिएको भएपनि वार्ता नै दुई घण्टा ढिलोगरी सकिएकाले केही दिनका लागि राजीनामा दिने कुरा टरेको नेता नेपालले पत्रकारलाई बताउनुभएको छ । बैठकबारे जानकारी दिदै नेता नेपालले वार्ता मिल्ने दिशामा अघि बढेको प्रतिक्रिया दिनुभयो ।
वार्तापछि बाहिरिने क्रममा नेता नेपालले भन्नुभयो, “अब दुई चार दिनका लागि राजीनामा दिने समय ट-यो ।” पार्टी एकता बलियो बनाउने विषयमा विभिन्न विकल्पबारेमा छलफल भएको र वार्ता सकारात्मक भएको नेता नेपालले बताउनुभयो ।








































