काठमाडौं, ३० बैशाख २०७८ । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठकले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ को अवस्थामा फर्किए सहमति हुने बताएका छन् ।
भर्चुअल माध्यमबाट भएको बैठकले सो एजेन्डासँग सहमति नभए सामूहिक राजीनामा दिने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
‘हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो। सो विषयमा सहमति हामी सामूहिक राजीनामा दिन्छौँ ।’ ती नेताले भने ।








































