काठमाडौं, ३० बैशाख २०७८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन् ।
आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले बतायो ।
यता, आजै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरिसकेका छन् ।
नेपाल पक्षका सांसदहरु राजीनामा दिने अन्तिम तयारीमा रहेका छन् ।








































