काठमाडौँ, बिहिबार, ३० बैशाख २०७८ । को’भिड-१९ को दोस्रो चरणको प्रभावले समस्या ग्रस्त हुदै गएको मातृभुमी नेपालमा परेका समस्याहरुमा मलम पट्टि थोरै भए पनि होस भनि गोरखा जिल्ला आरुघाट गाउँपालिका निवासी हाल हङकङमा रहनु भएका व्यवसायी आकाश बन्जाराले राष्ट्रिय आविष्कार केन्द्र लाई रु. ५०,०००/- (पचास हजार) सहयोग पठाउनु भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल बन्जाराले आजको जटिल सं’कटको घडिमा राष्ट्रिय आविष्कार केन्द्रले आफुले सकेको र अभाव भएको विभिन्न किसिमका अत्यावश्यक सामानहरु समस्या ग्रस्त क्षेत्र सम्म पुर्याउन सक्रिय ढंगले लागि रहेको सामाजिक संजाल मार्फत थाहा पाएपछि सो केन्द्र लाई आफुले सानो सहयोग गरेको बताउनु भएको छ ।

ग्लोबल गोरखा समाजका कोषाध्यक्ष समेत रहनु भएका बन्जाराले यो वि’पतको समयमा प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुले मातृभुमी पिडामा रहेको बेलामा आफुले सकेको सहयोग गर्दै एउटा असल नागरिकको दायित्व पुरा गर्न समेत अनुरोध गर्नु भयो ।
बन्जाराले हिजो मात्र आफ्नो प्रतिनिधिका रुपमा आफ्नो परिवारका सदस्यलाई राष्ट्रिय आविष्कार केन्द्रका सन्चालक डा. महाविर पुनको कार्यालयमा नै पुगेर सहयोग हस्तान्तरण गराउनु भएको हो ।
पुनले मातृभुमिको पिडामा राष्ट्रिय आविष्कार केन्द्रले गरेको कार्यको मुल्याङकन गरेर सहयोग पठाउनु भएकोमा बन्जारालाई धन्यवाद सहित आगामी दिनमा आफु तपाईहरु जस्ता समाजमा सकारात्मक काम गर्न रुचाउने व्यक्तिहरुसंग सम्पर्क, समन्वय र सल्लाह, सुझाव लिग्दै अगाडि बढ्ने प्रतिबदता ब्यक्त गर्नुभयो ।









































