बुटबल, बिहिबार, ३० बैशाख २०७८ । एनआरएनए अफ्रिकाले पश्चिम नवलपरासी जिल्लालाई साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरेको छ ।
पुर्वमन्त्री देवेन्द्र कंडेलको बिशेष पहलमा एनआरएनएका अफ़्रिका शाखाहरुले जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत बुधबार ६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एनआरएनएअभियन्ता हिक्मत थापाले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, जिल्ला समन्वय प्रमुख शिव शंकर राय, रामग्राम कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, समाजसेवी त्रिलोक श्रेष्ठ, युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।









































