पोखरा, बुधबार, २९ बैशाख २०७८ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
कांग्रेस–माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले सवैभन्दा ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई केहीबेर अघि पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि किर्ते गरिएको भन्दै दुई सांसदले पत्र दर्ता गराएपछि प्रदेश प्रमुख पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
गुरुङले आजै पद तथा गोपनीयताको सपथ लिने तयारी भएको छ । उहाँी अहिले प्रदेश प्रमुखको निवास पुगिसक्नुभएको छ । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई प्रदेश सांसदले आफू तटस्थ रहेको बताएका छन् |








































