पोखरा, २९ बैशाख २०७८ । गण्डकीमा नोपली कांग्रेसका संसदीय दलका नेता नेता कृष्णचन्द पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर बहुतम सदस्यले पेस गरेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।
आज बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन रहेको बहुमत प्रदेश सदस्यहरुको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भनी आह्वान गरिएको समय सीमाभित्र सो निवेदन दर्ता भएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न प्रदेश प्रमुख सीता पौडेलले यसअघि आह्वान गरेकी थिइन् ।








































