बैशाख, सागर बाबू भट्ट, २९ बैशाख २०७८ । को’रोना भा’इरसको दोश्रो लहर यति बेला बिश्वका सबै देशमा फैलिएको छ। यससंगै नेपाल पनि कोरोनाको कहर अछुतो रहन सकेन ।
पछिल्लो समय गोरखा जिल्लामा पनि दिन प्रतिदिन को’रोना सं’क्रमित बढ्दै गइरहेका छन ।
भिमसेन थापा गाउँपालिकाको पहिलो सामाजिक संस्था गोल्डेन पिक नेपालले को’रोना नियन्त्रण तथा रोकथामका लागि भिमसेन थापा वडा २ र त्यहा भित्र रहेका विभिन्न १० वटा टोल सुधार समितीलाई स्वास्थ्य सामाग्री KN95 माक्स, डिटोल साबुन, सेनेटाइजर लगाएत औषधिहरु हस्तान्तरण गरेको छ । आफ्नो वडा भित्रका सम्पुर्ण नागरिकलाई सुरक्षित राख्नु आफूहरुको दायित्व रहेको उक्त संस्थाका सचिब कृष्ण भट्ट्ले जानकारी दिनु भयो ।
वडा बासीहरु सबैको घरमा पुगोस भनी आफूहरुले वडासंग समन्वय गरि सबै टोल सुधार समिति मार्फत घर घरमा स्वास्थ्य सामाग्री पुर्याउन लागिएको अध्यक्ष सुजन बाबू भट्ट बताउनु भयो । हामी अझ यो महामारीमा वडा र टोल सुधार समिती मिलेर कोरोना नियन्त्रणमा मिलेर सहयोग गर्ने बताउनु भयो ।
को’रोना म’हामारीसंग जुध्नको लागि स्थानीय सरकारले मात्र नभइ विभिन्न सामाजिक संस्था र वडाबासीहरुले सहयोग गर्नु भएको उक्त वडाका वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनु भयो ।
हालसम्म गोरखामा स’क्रिय सं’क्रमितको संख्या ५५४ रहेको छ भने ८ जनाको मृ’त्यु समेत भैसकेको छ । सबै भन्दा धेरै भिमसेन थापा गाउँपालिका मा १ सय ४७ जना स’क्रमित रहेका छन ।









































