काठमाडौँ, बुधबार, २९ बैशाख २०७८ । को’रोना भा’इरसका कारण राजधानीसहित देशका सबै जसो स्वास्थ्य केन्द्रहरुमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान गरिने भएको छ ।
लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्ड्सको सक्रियतामा अटो नेपाल र सहयोगी महिला जागरण मञ्चको संयुक्त पहलमा आगामी जेष्ठ १ गते शनिवार रातो पुलमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको हो ।
रातो पुलको नेशनल बाथ रोग सेन्टरमा हुने उक्त रक्तदान कार्यक्रममा को’भिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर प्रहरीसँगको सहकार्य गरिने आयोजक लायन्स क्लबले जानकारी दिएको छ । रक्तदाताहरुलाई स्पर्टसम्म ल्याउने वातावरण समेत आयोजक पक्ष गरिरहेको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेशन हुनैपर्ने बिरामीको पनि रगत अभावले अपरेशन हुन नसकेको बताएपछि आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्ड्सका अध्यक्ष भुषणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।









































