काठमाडौंँ, मंगलबार, २८ बैशाख २०७८ । विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण आजदेखि समापन भएको छ ।
पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रीकृत गर्न सफल रहेको जनाउनु भयो । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताउनुभयो ।
चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उदेश्य रहेको निफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताउनुभयो ।
समापन कार्यक्रममा उत्कृष्ट चलचित्रसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो(बुख्याँचा) ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु चलचित्रअन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको गड्स डटर डान्सेसले पाएको छ ।
मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको सिभिल सोल्डर्सले हात पारेको छ ।
यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको रिटर्न टु द लष्ट इडेनले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको इन माइ ड्रिम पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक चलचित्रअन्तर्गत ढोण्डुप छिरिङको आमा खाण्डोले हात पारेको छ । गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय चलचित्र डिक्सनरीले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकोसेरोले अवार्ड हात पारेको छ ।
लेखक तथा पत्रकार बविता बस्नेतले अबका चलचित्रमा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार कृष्ण धरावासीले संसारभरिका चलचित्र हेरेका दर्शकलाई अब नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने भनाइ राख्नुभयो ।








































