गोरखा, सोमबार, २७ बैशाख २०७८ । नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालयको भबन को’रोना बिरामीलाई उपचार गर्न आइशोलेसन वार्डको रुपमा प्रयोग गर्न दिने भएको छ ।।नागरिकको जीवन रक्षाका लागि नेपाली कांग्रेसको पार्टी कार्यालयमा रहेको बि पि गणेशमान मेमोरियल सभाहल (२ वटा) लाई आइसोलेसन केन्द्र निर्माण गरि जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र गोरखालाई आवश्यक स्वास्थ्य सुरक्षाको प्रवन्ध गरि आइसोलेशन केन्द्र सञ्चालन गर्न दिने निर्णय गरिएको गोरखा कांग्रेस सचिव नन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
को’रोना सं’क्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा नगरपालिका ६ तीनधारेस्थित बिपी गणेशमान स्मृति भबन आइशोलेसनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको हो । चिकित्सकले उक्त ठाउँ आइशोलेसन बनाउन उपयुक्त रहेको बताएका छन् ।
गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रजिअ पौडेल, सुरक्षा निकायका प्रमुख, गोरखा अस्पतालका डाक्टर सहितको टोलीले का’ङ्ग्रेस पार्टी कार्यालय भबनको स्थलगत अवलोकन गरिसकेको छ ।









































