काठमाडौं, २७ बैशाख २०७८ । जसपाका अध्यक्ष महन्थ ठाकुरले बर्तमान संबिधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै कमजोर बनाएको भन्दै संबिधान संशोधन जरुरी रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज राख्नुभएको बिश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ठाकुरले संबिधानकै कारण प्रधानमन्त्री कमजोर बनेको तथ्य स्थापित भएकोले संशोधन जरुरी रहेको बताउनु भयो ।
‘यो संबिधानले प्रधानमन्त्रीलाई नै कमजोर बनाएको छ, तथ्यले स्थापित गरिसक्यो, त्यसकारण हाम्रो संबिधान संशोधनको माग जायज छ भन्ने स्थापित भयो,’ ठाकुरले भन्नुभयो ।








































