काठमाडौं, २७ बैशाख २०७८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको विपक्षमा बोल्दै प्रचण्डले भने, ‘म खुसी छैन ।
के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।








































