काठमाडौँ, २७ बैशाख २०७८ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रतिनिधिसभाको विशेष अधिवेशन अन्तर्गत दोस्रो बैठक सुरु भएको छ ।
त्यसपछि पुनः बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेट बैठक स्थगित गरेका थिए ।








































