काठमाडौं, सोमबार, २७ बैशाख २०७८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतीको बाटोमा आउन दिएको समयसीमा सकिएको छ ।
आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले ओलीलाई सहमतिका साथ पार्टीलाई अगाडि बढाउन र जेठ २ २०७५ को अवस्थामा फर्किन १३ घण्टाको समय दिएको थियो । जुन भर्खरै सोमबार बिहान ९ बजे सकिएको हो ।
सो समयमा ओलीले प्रतिवद्दता नजनाए कठोर निर्णय लिने एमाले नेता योगेश भट्टराईले बताएका थिए ।








































