काठमाडौं, सोमबार, २७ बैशाख २०७८ । नि’षेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् ।
चिनीको मू’ल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म ब’ढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ ।
साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ ।
चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताउनु भयो ।








































