काठमाडौं, शनिबार, २५ बैशाख २०७८ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन नयाँ बानेश्वरमा आज बसेको बैठक भर्खरै सकिएको हो । बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस सभापति शेर बहादुर देउवाले बताए ।
कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसद्लाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।








































