काठमाडौँ, शनिबार, २५ बैशाख २०७८ । प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा नेकपा एमालेको वि’वाद मिलाउन चिनियाँ शक्ति फेरी सक्रिय भएको छ।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा २७ वैशाखमा विश्वासको मत लिने कार्यक्रम छ। त्यही दिनलाई लक्षित गरेर अहिले चिनियाँ श’क्ति माधव नेपाल समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गराएर सहमतिमा ल्याउन अनेक प्रयत्न गर्दै आइरहेको छ।
उच्च सु’रक्षा स्रोतका अनुसार चिनियाँ शक्तिसँगको समन्वयको काम विष्णु पौडेलले गर्दै आइरहेका छन्। उनले नै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई केही दिनअघि मात्रै नक्सालस्थित होटेल मेरियटमा माधव नेपाललाई भेटाएका थिए।
यही सिलसिलामा चिनियाँ पक्षकै आग्रहमा बिहीबार माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबिच समेत छलफल भएको थियो। चिनियाँ पक्षले पहिले जस्तै एमाले एकताका लागि राष्ट्रपति भण्डारीलाई समेत दृश्यमा ल्याउन खोजिरहेको छ।
यसै गरी एमालेका माधव पक्षीय नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सँगसमेत पौडेलले नै संवाद गर्दै आइरहेका छन्। र उनीहरूसँग भएको कुराकानीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ हुँदै आएको छ।








































