काठमाडौँ, शनिबार, २५ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेलाई बैठक बोलाइएको हो । सामान्यतया: सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ ।
बैठकका एजेण्डा भने खुलाइएको छैन ।








































