Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१७:५४ बिहान
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

प्रकाशित मिति: २०७८ वैशाख २४, शुक्रबार

452
Shares

काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)  शुरु भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो । 

महोत्सवको भर्चुअल उद्घाटन गर्दै  राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले महोत्सवले नेपाली चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने बताए ।  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोर्चुगलका चलचित्र निर्देशक ज्वाओ पाउलो म्याकेज्डोले महोत्सवमा सहभागी नेपाली चलचित्रबाट नेपाली कथा र विषयवस्तु बुझ्न पाइने बताए  । चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवले समग्र चलचित्र क्षेत्रको विकास र विस्तारमा सहयोग पु-याउने बताए ।

महोत्सवमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका थिए  । उनले नेपालका मनोरम दृश्य र नेपाली कथा समेटिएको चलचित्रलाई  विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको बताए  ।

नेपालका तर्फबाट  आठ छोटा चलचित्र समाविष्ट  छन् ।  महोत्सव यही वैशाख २७ गतेसम्म  सञ्चालन हुनेछ । कोरोना भाइरसका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा सञ्चालन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाल सहित ३१ देशका ६५ वृत्तचित्र र छोटा चलचित्र महोत्सवमा सहभागी रहेको जानकारी दिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -