काठमाडौं, शुक्रबार, १७ बैशाख २०७८ । जनता समाजवादी पार्टी (जसपा) जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको छ ।
जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्। कांग्रेसले सक्रियता देखाएमा यो संख्या २२ कट्ने जसपाका एक सांसदको भनाई छ । वैशाख १४ गते बसेको बहुमत सदस्यको बैठकले लुम्बिनीमा पार्टी निर्णय विपरित जाने प्रदेश सांसदलाई निश्कासन गर्ने र ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको जसपाका एक कार्यकारिणी सदस्यको भनाई छ ।
जसपामा पूर्व संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। ती मध्ये दुवै पूर्व पार्टीका १—१ सांसदहरू निलम्बित छन्।








































