गोरखा, १७ बैशाख २०७८ । कोरोनाको दोस्रो लहर सुरु भएसंगै गोरखामा ६१ जना सं”क्रमित देखिएका छन् । उनीहरुमध्य ५९ जना आ–आफ्नो घरमा होम आइशोलेसनमा र दुईजना अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा संक्रमित देखिएका छन् । चुमनुब्री, धार्चे, बारपाक सुलीकोट, आरुघाट, शहीदलखन, अजीरकोट र सिरानचोक गाउँपालिका अहिलेसम्म ग्रिनजोनको रुपमा रहेका छन् ।
गतै बैशाख १० गते यता चार सय ७१ जनाको पिसिआर जाँचका लागि स्वाब लिइएको नारायणबाबु अर्यालले बताउनु भयो ।









































