काठमाडौं, १० बैशाख २०७८ । जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई नै आगामी उप निर्वाचनको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो – जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाडिन्छ ।
उहाँले ‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरू ३५ दिनदेखि ६ महिना भित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ’, ओलीले भन्नुभयो ‘जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा राम बहादुर थापा नै हाम्रो उम्मेदवार हो। आवश्यक समयमा औपचारिक निर्णय गरिनेछ।’
एमाले ध्वसं गर्न चाहनेहरूबाट बचाईसकेकोले अब आफूहरुको भागमा जित मात्रै रहेको अध्यक्ष ओलीको दावी थियो ।
साथै अध्यक्ष ओलले अब हुने आम निर्वाचनमा एमालेले ५० लाख पपुलर मत ल्याउने बताउनु भएको थियो ।








































