काठमाडौं, १० बैशाख २०७८ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक बैशाख ६ गतेकै निरन्तरता रहेको बताइएको छ ।
यसअघिकाे बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।








































