गोरखा,६ बैशाख २०७८ । नेपाल बिधार्थी संघ गोरखाले ५२ औं स्थापना दिवसको अबसरमा बिपदमा परेका परिवार र असाहय बिधार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
नेबिसंघले शनिबार हावाहुरीले घरको छाना उडाएर क्षति पु¥याएको जिल्लाको अजिरकोट गाउँपालिका–४ सिम्जुङका आसमान गुरुङको परिवारलाई ३ बण्डल जस्तापाता उपलब्ध गराएको नेबिसंघ गोरखाका सभापति सुवास अधिकारीले जानकारी दिनुभयो ।
गुरुङको परिवारलाई तत्काल राहात पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, दिवसकै अबसरमा पारेर गोरखा नगरपालिका–६, स्थित बालमन्दिर माध्यामिक बिधालयमा अध्ययनरत असाहाय बिधार्थीहरुलाई शैक्षिक समाग्री समेत बितरण गरेको सभापति अधिकारीले जानकारी दिनुभयो ।
नेबिसंघ गोरखाका जिल्ला अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री बितरण गरेको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली काग्रेस गोरखा क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, नेपाल शिक्षकसंघका पूर्व केन्द्रीय सदस्य लुमनाथ लामिछाने, प्यापसन गोरखाका अध्यक्ष सिताराम तिवारी, नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष शिव थापा लगायत अन्य महानुभावको सहभागिता रहेको थियो ।









































