Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:२७ बिहान
- ADVERTISEMENT -

देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायसंग छलफल, आर्थिक कुटनीति मुख्य

प्रकाशित मिति: २०७८ वैशाख ६, सोमबार

491
Shares

काठमाडौं, ६ बैशाख २०७८ । परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायशीत छलफल, आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार गर्न खोजिएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रुप भएको समेत बताउनुभयो ।

बहुपक्षीय सम्बन्ध अगाडि बढाउने, शान्तिलाई अगाडि बढाउने यसका लागि निशस्त्रीकरण गर्ने यसका लागि विश्व समुदायसँग समन्वय गरेर जाने गरी नीति तय गरिएको उहाले जानकारी दिनुभयो ।

नितिलाई राम्रो बनाउदै लगानी भित्र्याउने पर्यटन बढाउने निर्यात व्यापार प्रवर्द्धन गर्न सक्ने गरी परराष्ट्र नीति तय गरिएको उहाले बताउनुभयो । उहाले मुलुकको राष्ट्रिय प्राथमिकता बदलिएको खण्डमा यो नीति परिवर्तन हुनसक्ने तर्क गर्नुभयो ।

त्यस्तै सांसदहरुको जिज्ञासामा मन्त्री ज्ञवालीले म्यानमारका बिषयमा नेपाल सरकार मौन नरहेको भन्दै आवश्यक वक्तव्य जारी गरिएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले पर्याप्त छलफल र अध्ययन गरेर मात्र सुरक्षा र परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभयो । कतिपय देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुने भन्दै उहाले सबै पार्टीले अपनत्व लिने गरी नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र र सुरक्षा नीति कुनै पार्टीको विषय नभई मुलुककै विषय भएको बताउनुभयो । परराष्ट्र नीतिका बिषयमा सवैदलहरुको सुझाव आवश्यक रहेको उहाले बताउनुभयो ।

बैठकमा परराष्ट्र नीति २०७७ का विषयमा छलफल भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -