गोरखा, ३ बैशाख २०७८ । भिमसेन थापा गाउँपालिका ३ निबासी पुर्ण अपाङ्ग थिर बहादुर बन्जारालाई आर्थिक उपचार रकम हस्तान्तरण गरिएको छ ।
माननीय मन्त्री रामशरण बस्नेतको विशेष पहलमा गण्डकी प्रदेश सरकारले बिपन्न नागरिक उपचार सहुलियत कोषबाट प्राप्त उपचार सहुलियत रकम रु १ लाख भिमसेन थापा गाउँपालिका ३ निबासी पुर्ण अपांग थिर बहादुर बन्जारालाई हस्तान्तरण गरिएको उज्ज्वल लामिछानेले जानकारी दिनुभयो ।









































