काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन्। सोमबार संसदको विशेष समयमा बोल्दै सांसद गिरीले संविधान बचाउन राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संकट आइपरेको बताउँदै उनले भने, ‘आज म यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु।’
उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए। तर, चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए।








































