गोरखा, आइतबार, २९ चैत्र २०७७ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ मा नेकपाका सकृय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा, गण्डकी प्रदेश सभाका सासद प्रकाश चन्द्र दवाडीको पहलमा तथा याम माया थापा मगरको सहजीकरणमा नव प्रवेशीलाइ खादा तथा टिका लगाएर प्रवेश गराउनु भएको थियो ।
मुलाबारी, ग्यादी लगायतका गाउँबाट ६१ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपाको आन्तरिक झगडामा रुमल्लिएको र जनतालाई झूटा आश्वासन मात्रै दिएकाले देश निर्माणमा सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश सभाका सासद प्रकाश चन्द्र दवाडी, मनकुमारी गुरुङ, गोरखा क्षेत्र न २ का गोबिन्द गुरुङ, याम माया थापा मगरको उपस्थिती रहेको थियो ।











































