काठमाडौं, नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का नेताहरु देउवा निवास पुगेपछि बैठक सुरु भएको हो । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बूढानीलकण्ठ पुगिसकेका थिए ।








































