Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:४१ बिहान
- ADVERTISEMENT -

अल्पनाको दुबै हात काटियो

प्रकाशित मिति: २०७७ चैत २४, मंगलबार

1045
Shares

लम्की (कैलाली) चैत्र २४ गते । कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनु भएकी अल्पनाको दुबै हात काटिएका थिए । काखमा डेढ बर्षीया छोराले दूध चुसीरहेका थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खुवाउदै हुनुहुन्थ्यो ।

एका बिहानै रक्सिले मातेका उनका श्रीमानको नसाका कारण बोलेको बोली समेत बुझिन गारो थियो । नजिकै पिढिंमा अल्पनाकी वृद्ध सासु गहभरी आशु लिएर एकोहोरो टोलाई रहनुभएको थियो ।

यो दृष्यहो गत पुष महिनामा आगो ताप्ने क्रममा आगोमा परेर दुबैहात गुमाउनु परेको अल्पना चौधरी घरमा राती आगो ताप्दै गरेकी अल्पना त्यही रात आगो ताप्ने क्रममा दुबै हात जलेपछि अहिले छोरालाई सुम्सुमाउने ती हात सधैका लागि गुमाई सक्नु भएको छ ।

घटनाको दिनलाई सम्झदै कल्पनाले पुष १३ गते साँझ श्रीमान , सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आगो ताप्दैगर्दा घटना भएको बताउनुभयो ।

घटनाको त्यो रात सम्झदै कल्पनाले भन्नुभयो ‘छोरालाई काखमा राखेर दूध खुवाउदै आगो ताप्दै थिए एक्कासि रिंगाटा लागे जस्तो भयो अनी मैले केहि थाहा पाईन, पछि होस आउदा छोराको टाउको जलेछ मेरो दुबै हात पुरै जलेछ ।’
छारे रोगकी बिरामी अल्पना बेहोसमै रहेकी र छोरा रोएको आवाज सुनेपछि मात्र छिमेकी र सासुले उनीहरुलाई आगोबाट निकालेका थिए ।

अल्पना र उनको छोरा आर्यनको जलेको घाउको उपचारका लागि स्थानी अस्पताल देखि नेपालगञ्ज कोहोलपुर हुदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका कारण उपचारको माया मार्दै घरमा बस्न बाध्य भएको अल्पनाले बताउनुभयो ।

जलेको घाउको लामो समय उपचार नहुँदाको पीडालाई अल्पनाले यसरी सुनाउनुभयो ‘जलेको तीन महिनासम्म घरमै बस्दा एका तिर छोरा छट्पटाएर रुने गर्दथ्यो भने अर्कातिर मेरो हात पाकेर दिनप्रतिदिन दुःख सहनै मुस्किल भएको थियो ।’ लामो सासफेर्दै उहाँले अगाडि थप्नुभयो ‘मर्छु की सोचेको थिए बाँचे दुैबै हात काटिए पनि दुखाई र पोलाईको पीडा त कम भएको छ ।अब अगाडि को जीवन कस्तो हुन्छ सम्झदा भक्कानो छुट्छ ’एक्कासि भक्कानीनुभयो ।

अस्पतालमा पुनः परीक्षणका लागि एकमहिना पछि बोलाएको बताउने अल्पनाले भन्नुभयो ‘श्रीमान सधैं रक्सी खानुहुन्छ बुढी सासु हुनुहुन्छ छोरा र म आफै बिरामी छौ अहिलेसम्म त सहयोगी संघसंस्थाले गर्दा यहाँ सम्मको उपचार भयो अब कस्ले सहयोग गर्छ थाहा छैने ।’

५ कट्ठा ऐलानी जमिन र सानो घर बाहेक सम्पति नरहेको अल्पनाको परिवारमा श्रीमान ज्यालामजदुरी गर्न गए पनि उहाँले कमाएको आफैले रक्सी खाएर सक्ने गरेको परिवारको गुनासो छ ।

सासु बुहारिले घरमै खनीखोस्री गरेर जसोतसो गुजारा चलाउने गरेका थिए । बुहारीको दुबै हात गुमे पछि अब अल्पनाको सासुलाई खानाको जोहो गर्ने की बुहारी र नातीको हेरचाह गर्ने भन्ने चिन्ताले पिरोलि रहन्छ ।

नेपाली भाषा बोल्न समेत नजान्ने अल्पनाको ७० बर्षीया सासु भुक्नीदेवी चौधरीले आफूपनि बृद्ध भैसकेको र छोराको पनि भर नभएकाले उपचारमा जसरी संघसंस्थाले सहयोग गरे त्यसैगरी कृतिम हात हाल्न सहयोग गरिदिए दुखी गरिब परिवारको उद्धार हुने बताउनुभयो ।

आर्थिक अभावमै उपचार नपाई घरमै बसेकी अल्पनाको बारेमा विभिन्न सञ्चारमाध्यम र सहयोगी व्यक्तिहरुको पहलमा काठमाडौं स्थित कीर्तिपुर अस्पतालमा उनको र डेढ बर्षीय छोराको तीन महिना पछि आप्रेसन सम्भव भएको थियो ।
लामो समय पछि उपचार गराउदा जलेको घाउँमा पाकेर भित्रसम्म संक्रमण भएपछि हातै काटेर फाल्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -