काठमाडौं, २४ चैत्र २०७७ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारबाही गरीएकाे पत्रमा उल्लेख छ ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी कारबाहीमा परेका छन् । यता, गृहमन्त्री रामबहादुर थापालाई भने कारवाही गरिएको छैन ।

ओली पक्षमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्