गोरखा, आइतबार, २२ चैत्र २०७७ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले मृगौला पिडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
शनिबार मृगौला पिडित भुवन तामाङको श्रीमतीलाई संगठनको कार्यालयमा अध्यक्ष शैलेश लामिछानले ४७ हजार पाँच सय ३५ रुपैँया सहयोग रकम दिएको हो ।
‘मजदुर संगठनका सदस्य समेत रहेका तामाङ सवारी चालक हुन् । उनको एक बर्ष अगाडीदेखि दुवै मृगौलाले काम गर्दैन रहेछ । आर्थिक स्थिती कमजोर भएकाले उपचारमा समस्या आएपछि गोरखाका सम्पूर्ण यातायात मजदुरहरुबाट सक्दो सहयोग रकम संकलन गरेर दिएका हौँ’, संगठनका अध्यक्ष लामिछानेले भने ।









































