काठमाडौं, २१ चैत्र २०७७ । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली दाजु भाई हरुलाई भेला हुन नदिने, नागरिकको हक बन्चित गर्ने, संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ ।
शनिबार राप्ती समाज क्यानाडाले आयोजना गरेको नेपाली काङ्ग्रेस पूर्व महामन्त्रि एवम पूर्व गृह-मन्त्रि स्वर्गिय खुम बहादुर खडकाको तेस्रो स्मृति दिवशको अवसरमा भर्चुअल जुम मार्फत खाणले केपि ओलि प्रधान्मत्री भयीखिनै संविधान माथी खेल्वाड गर्दै अन्तत असम्बैधानिक अलोकतान्त्रिक सम्सद विघटन जस्तो अमर्यादित कार्यगरेर जनताको हक अधिकार खोस्ने दुस्प्रयास गरेको आरोप लाउनुभयेको छ ।
कार्यक्रम बोल्दै उहाले स्वर्गिय खुम बहादुर खड्का प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भयएको ब्यक्ती , नव युबक , युबा कालदेखिनै राजनीतिमा जीवन यापन गर्नु भएको रुपमा नेता खड्कालाइ चित्रण गर्नुभयो
बिपि संगै २०३३ साल पुसमा सहमती सहकार्य र एकताको भावना बोकि सङै नेपाल आउने ब्यक्ती मा उहापनी हुनुहुन्थ्यो भन्दै नेता खाणले उहालाइ सदैब पार्टी लाइ गतिशील बनाउन केन्दृकृत हुने नेताको रुपमा चित्रण गर्नुभयो ।
प्रजातन्त्र भनेको “beginning of the moment “रहेछ भन्दै उहाले काङ्ग्रेस कम्जोर भयो भने लोकतन्त्र कम्जोर हुन्छ लोकतन्त्र कम्जोर हुदा देश र जनता कम्जोर हुन्छ भन्दै नेता खाणले नेपाली काङ्ग्रेस को योद्धा हरुको बिषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनायेर लिपिबद्द गर्नुपर्ने सन्स्थागत दायित्व भयेको बताउनु भएको छ ।
कार्यक्रमको सन्चालन राप्ती समाज क्यानडाको सदस्य निराजन थापा र तरुण दल राप्ती गाउँपालिका अध्यक्ष आशिष् पौडेलले गर्नुभएको थियो ।









































