Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:११ बिहान
- ADVERTISEMENT -

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन

प्रकाशित मिति: २०७७ चैत २०, शुक्रबार

370
Shares

काठमाडौं, शुक्रबार, २० चैत्र २०७७ । पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत पारेको छ ।

चैतसम्म पनि पूर्वतयारीको काम पूरा गर्न नसकेका आयोजनाको बजेट फिर्ता हुन्छ । पछिल्ला वर्षहरूमा बजेट नै खर्च नगर्ने र, आर्थिक वर्षको अन्त्यमा फिर्ता गर्ने प्रवृत्ति बढ्दै गएको अर्थका अधिकारीहरू बताउँछन् ।

आर्थिक वर्षको अन्त्यमा बजेट फिर्ता गर्ने प्रवृत्तिले सरकारी अधिकारीहरूको बजेट विनियोजन क्षमतामा नै प्रश्न उठेपछि खर्च गर्न नसक्ने खालका कार्यक्रम बजेटमा पेश नै नगर्न मन्त्रालयहरूलाई अर्थले निर्देशन दिएको छ । ‘बजेट सरेन्डर गर्ने परिपाटी धेरै समयदेखि रहिरह्यो, यस्तो प्रवृत्तिलाई आगामी वर्षबाटै हटाउनुपर्छ भन्ने मनसायले अर्थमन्त्रीले अहिले कडाइ गर्नुभएको छ,’ बजेट निर्माणमा सहभागी अर्थका एक उच्च अधिकारीले अभियानलाई भने ।

उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले मन्त्री तथा सचिवहरूलाई कार्यान्वयन हुन नसक्ने बजेट प्रस्ताव नगर्न बजेट तर्जुमाका लागि जुटिरहेका अधिकारीहरूलाई सचेत गराइरहेका छन् ।

बजेट तर्जुमासम्बन्धी बिहीवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मन्त्री पौडेलले गरेको छलफलमा समेत यही विषयलाई उनले पटकपटक दोहोर्‍याए । आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्री पौडेलले आग्रह गरे ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -