१९ चैत, काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं जसपाका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओलीनेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’ यसका साथैभट्टराईले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!केबन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्टपंचायत छिरेका थिए?’








































