काठमाडौँ, १८ चैत्र २०७७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ४ सयले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्