ललितपुर, मंगलबार, १७ एत्र २०७७ | बामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको उपचारको क्रममा चैत्र १६ गते ललितपुर स्थित पाटन अस्पतालमा भएको निधनले हामीलाई दुःखी तुल्याएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक बिज्ञप्ति जारी गर्दै स्व. मानन्धर विशेष गरी रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका धनी स्व. मानन्धर आदर्श व्यक्तित्वको रुपमा स्थापित भएको बताउनु भएको हो ।
उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ |









































