काठमाडौँ, शनिबार, १४ चैत्र २०७७ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत नदिने बताएका छन् ।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी रिजालले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएका हुन् । चरित्र निरंकुश भएका कारण ओली प्रवृतिको बिदाइ गर्न कांग्रेसको साथ रहने उनको भनाई छ ।

‘राजनीतिक निर्णय गर्न हामी तयार छौं।’ उनले भने, ‘ओली पदमा पुगेदेखि नै हाम्रो विश्वास छैन, कांग्रेसले विश्वासको मत दिँदैन।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्