काठमाडौं, बुधबार, ११ चैत्र २०७७ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले केपी शर्मा ओलीको नेतृत्वको सरकार रहेसम्म संसदको तिरस्कार र अपमान गर्ने क्रम बढिरहने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु रहेको बताउँदै आफुहरु आफ्नो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न निम्ति लड्ने बताएका छन् ।

‘बाँकी जिम्मा जनताको यथोचित समयमा जनताले यसको हिसाव किताव गर्नेछन् । किनकी यो सांसद र संसदको अपमान यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन,’ उनले भने, ‘यो ती जनताको अपमान हो, जसले यो संसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिने छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्