Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:५३ बिहान
- ADVERTISEMENT -

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडानको काम सुरु

प्रकाशित मिति: २०७७ चैत ९, सोमबार

662
Shares

काठमाडौं, ९ चैत्र २०७७ । गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडानको काम सुरु भएको छ । आयोजनाकै जटिल मानिएको ३ सय १० मिटरको माथिल्लो र ३ सय ७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको सय मिटर तर्सो भागमा एक्सपान्सन जोइन्टको जडान काम सुरु भएको हो ।

माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेका अनुसार एक्सपान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको छ । सुरुको डिजाइन अनुसार एक्सपान्सन ज्वाइन्ट बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सपान्सन ज्वाइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोधन गरिएको थियो । नयाँ पाइप भारतबाट ल्याएसंगै जडान कार्य थालिएको प्रबक्ता न्यौपानेले बताउनुभयो । ‘संशोधन गरी बनाइएको नयाँ डिजाइनको पाइप जडान कार्य दुई हप्तामा सकिने अनुमान गरेका छौं,’ न्यौपालेले भन्नुभयो ।

हाल लट –२ अन्तर्गतकै आयोजनाको भैंसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो पेनस्टको कामहरू बाँकी रहेको र उक्त कार्यक्षेत्रमा काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्यहरुको निर्माण सम्पन्न भइसकेको छ । भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमरलगायतका सबै उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ । गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य पनि सम्पन्न भएको छ भने देवीटारमा निर्माणाधीन २२०÷१३२ केभी क्षमताको सवस्टेशनमा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा आईतवारदेखि पानी जम्मा गर्ने कार्य सुरु भएको छ ।

डिस्याण्डिङ बेसिनमा बालुवा थिग्राउँने कामको परीक्षणका लागि पानी जम्मा गर्न लागेको हो । यो परिक्षण एक हप्तासम्म चल्ने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । एक्सपान्सन ज्वाइन्ट पाईप जडानसहित हाल भइरहेको सम्पुर्ण काम चैत भरिमा सम्पन्न गरि सुरुङमा पानी पठाउने काम सुरु हुने आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -