Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:४० बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा : संविधानको रक्षा र कार्यान्वयनका लागि आह्वान

प्रकाशित मिति: २०७७ चैत ६, शुक्रबार

444
Shares

काठमाडौं, शुक्रबार, ६ चैत्र २०७७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्लाई रचनात्मक ढङ्गबाट अघि बढाउन तथा जनतालाई आशा र भरोसा प्रदान गर्न जरुरी रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनतामा भरोसा पैदा गर्न र राजनीतिक दलका बीचमा भएको तिक्तता मेटाएर हातेमालो गर्दै अघि बढ्ने आफ्नो दलको चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति सम्झौता र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन कांग्रेस प्रतिबद्ध छ ।”

नेता खाँडले प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको कदमलाई सर्वाेच्च अदालतले अस्वीकार गरिसकेपछि विधिको शासन मान्छाँै भन्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा अब मार्गप्रशस्त गर्न उचित हुने सल्लाह दिनुभयो सरकार विचार र अभिव्यक्ति स्वतन्त्रतालाई मात्र होेइन, संस्कृति र परम्परालाई समेत बन्देज गर्न उद्दत देखिएको आरोप लगाउँदै नेता खाँडले भन्नुभयो, “प्रतिपक्षले धैर्यतापूर्वक सरकारलाई सहयोग पु¥याएकै अवस्थामा अघिल्लो सदन पनि अस्वाभाविक रुपमा स्थगन गरियो ।” मेलम्चीको पानी काठमाडाँैमा प्रवेश गरे पनि त्यसको श्रेय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नदिएको भनी सरकारको आलोचना गर्दै खाँडले सत्य कुराको मात्र वकालत गर्न सरकारलाई सुझाव दिनुभयो ।

मितव्ययी र सुशासनका कुरा गरिए पनि अनावश्यक कर्मचारी भर्ना र थम्नै नसक्ने गरी ऋणको भार थोपरिएको बताउँदै नेता खाँडले पूँजीगत खर्च हुन नसकेका अवस्थामा कसरी विकासले तीव्रता पाएको छ भन्ने सरकारको जिकिरलाई प्रमाणित गर्छ भनी प्रश्न गर्नुभयो । वर्तमान संविधानको विकल्प नरहेकाले त्यसको कार्यान्वयन गर्ने कार्यमा एकाकार भएर अघि बढ्न उहाँले सबै राजनीतिक शक्तिलाई आह्वान गर्नुभयो ।

नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले राजनीतिमा नैतिकता, आदर्श र सिद्धान्त हुन्छ भन्ने कुरालाई अदालतको फैसलापछि सरकारले प्रमाणित गर्न सक्नुपथ्र्याे भन्नुभयो । प्रतिनिधिसभा विघटनपछि सरकारले राज्यका स्रोत साधन चरम दुरुपयोग गरेको तथा जनताको प्रतिनिधिमूलक संस्थालाई विघटन गरेर सरकारले नै गणतन्त्र र सङ्घीयतालाई धरापमा पार्न खोजेको आरोप उहाँले लगाउनुभयो । नेत्री भुसालले दैनिक सदन सञ्चालनको वातावरण बनाउन र अग्रगमनतर्फ कदम चलाउने अभियानमा साथ र सहयोग प्रदान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो दल सहमतिको राजनीतिको पक्षधर रहेको जनाउँदै अब सवै विषय वार्ताका माध्यमबाट पूरा गर्न आह्वान गर्नुभयो । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले राजनीतिलाई स्थायित्व प्रदान गर्न प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा संविधान, गणतन्त्र र धर्म निरपेक्षतामाथि गम्भीर सङ्कट देखिएको छ, यसको रक्षाका लागि सबै राजनीतिक दल इमान्दार हुन आवश्यक छ ।” नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि बैठक नियमित नहुनु दुःखद् भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “साना दललाई निषेध गर्न गरिएको मत सीमालाई हटाउनुपर्छ, कालापानीलगायत देशका अतिक्रमणमा परेका क्षेत्र र जनहितका विषयमा सरकारले ठीक समयमा ठीक निर्णय लिएर अघि बढ्न सक्नुपर्छ ।”

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।

शुक्रबारको प्रतिनिधिसभा बैठक सकिएको छ । केही सांसदले बोलेपछि चैत १० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले चैत १० गते मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -