काठमाडौं, शुक्रबार, ६ चैत्र २०७७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिध सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित संसदको यो चौंथो बैठक हो ।
आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
मंगलबारको बैठकमा पूर्वसांसद एवम खानेपानी मन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै आजका लागि बैठक तोकिएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
त्यस्तै बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ ।
कार्यसूचीः









































