काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल)ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।
सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि काठमाडौंमा चैत ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
उक्त भेलाले नयाँ नेतृत्व चयन गर्ने एक नेताले जानकारी दिए । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।








































