काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । सरकारले किसान परिचयपत्र वितरण कार्यक्रमलाई तीव्र गतिमा काम अगाडि बढाएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमूखीकरण दिने काम भइरहेको लागि बताएको छ ।
मन्त्रालयका उपसचिव सुजन ढुङ्गेलले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमूखीकरण काम सम्पन्न गरेर किसानको विवरण संकलन गर्न स्थानिय निकायमा प्राविधिक टोलिलाई अभिमूखीकरण दिने काम संगै विवरण भर्ने काम पनि भइरहेको बताउनुभयो ।

अहिलेसम्म किसान पनि अनलाइनबाट आँफै फर्म काम पनि जारी रहेको मन्त्रालयको भनाइ छ ।हालसम्म पाँचसय हाराहारीमा किसानले आँफै अनलाइबाट किसान परिचयपत्र फर्म भरिसकेको मन्त्रालयले जानकारी दिएको छ । अबको केही समयमै पालिकास्तरमा अभिमूखीकरणरको काम सिधिएसँगै धेरै संख्यामा परिचयपत्रको कामले तीव्रता पाउनेछ । यो आर्थिक वर्ष भित्रमा सातलाख किसानलाई परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको मन्त्रालयका उपसचिव ढुङ्गेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

पहिलो चरणमा किसानको विवरण संकलन गरेपछि आउँदो वर्षमा किसानले सरकारबाट पाउने सेवा सुविधा पाउने मन्त्रालयको भनाइ छ । पहिला सफ्टवेयर बनाउन र फाइनल गर्न समय लागेकाले अब तोकिएको समयमा काम सिध्याउने गरी काम भइरहेको छ । कृषि मन्त्रालयले किसान परिचयपत्रका लागि चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था मण्डनदेउपुर १०, काभ्रेको संयोजनमा किसानको अनलाईन डाटा संकलन केही महिना अघि गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्