Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:१३ बिहान
- ADVERTISEMENT -

कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गर्न नेता सिटौलाको सुझाव

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

459
Shares

इनरुवा, बिहिबार, ५ चैत्र २०७७ । नेपाली कांग्रेसका नेता एंव पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवास्थित पार्टी कार्यालयमा कांग्रेस सुनसरीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा उनले केन्द्रीय समितिको बैठकमा आफूले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सुझाव दिएको बताएका हुन्।

नेता सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए । किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उनले अहिले साना किसानका लागि खाद्यमल, सिंचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए ।

नेता सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि कांग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नम्बर १, प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बा, नवोदिता चौधरी, बिराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतोलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

सो अवसरमा ४१ वर्षदेखि विभिन्न पत्रपत्रिका बिक्री गर्दै आएका सुनिल सिंहलाई दौसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको सो पार्टीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -