काठमाडौँ, बुधबार, ४ चैत्र २०७७ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशनमार्फत कार्यक्रम गरेर ओलीले गुटबन्दी बनाएको धारणा राखेका हुन् । ‘पार्टीमा गुट सुरु गर्ने केपी ओली नै हुन् । मदन भण्डारी फाउन्डेसनमार्फत उनले होगुट सुरू गरे’ उनले भने ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा ओलीले पार्टीलाई विभाजन लैजाने दुष्प्रयास गरेको पनि उनको आरोप छ ।

यस्तै, नेता खनालले ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी गरेका छन् । ओली सरकारले ल्याएको तीन आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन नसकेको उनको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्