काठमाडौँ, बुधबार, ४ चैत्र २०७७ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा सुरु भएको छ ।

वरिष्ठ नेता खनालले भेलाको अध्यक्षता गरेका छन् भने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संचालन गरेका छन् । भेलामा नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बिहीबार सम्म हुने भेलामा करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ ।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ । यस्तै, अहिलेसम्म भएका काम, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी समेटिएको प्रतिवेदन पनि पेस गर्ने तयारी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्