काठमाडौँ, मंगलबार, ३ चैत्र २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिनु भएको जानकारी अनुसार बैठक आज मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।








































